Breaking

 Hello,Welcome to Team Gladiator.A Fastest growing team  with youth and dynamic leaders . Thank you ........

Tuesday, July 27, 2021

प्रत्यक्ष बिक्री प्रणाली (direct selling) लाई बिरोध गर्नु हुदैन । यो अब समयको माग हो ।


 प्रत्यक्ष बिक्री प्रणाली (direct selling) लाई बिरोध गर्नु हुदैन । यो अब समयको माग हो ।

---------------------------------------------------------------

--------------------------------------------------------------

हुन त परम्परागत ब्यापार (Traditional business) को कम्पनी सुरुहुँदा लाखौं-करोडौंको बिज्ञापन/प्रचार-प्रसारको लागि खर्च गरिन्छ । कम्पनीको उत्पादन जस्तो सुकै भएपनि त्यसलाई राम्रो हो भनी फुलबुट्टा भरेर सेलिब्रिटी समेतलाई बिज्ञापनमा अभिनय गर्न लगाएर भब्य प्रचार गरिन्छ । त्यो प्राय सबैको बिक्रीबितरण गर्ने चेन राष्ट्रिय बितरक, प्रादेशिक बितरक, क्षेत्रीय बितरक, स्थानिय बितरक, होलसेलर, डिलर अनि रिटेलर हुदै तपाइ हामी उपभोक्ताको हातमा उत्पादन बस्तु आईपुग्छ । यी माथिका सबैमा मुनाफाको हिस्सा बाडिन्छ र सोहि अनुसार नै उत्पादनको MRP मुल्य तोकिन्छ जुन MRP मा उपभोक्ताले आफुलाई चाहिने सामान खरिद गर्दछन् । तर सबैभन्दा ठुलो खर्च अर्थात ऊत्पादनको लागत खर्छ मध्येको झन्डै ४०% प्रचारप्रसारमा लाग्ने हुँदा सोको प्रत्यक्ष फाईदा ठुलाठुला मिडियालाई हुने हो । त्यसैले प्राय: मिडिया कर्मिले यस Direct Selling Business को बिरोध जनाएको देखिन्छ ।  तर अर्कोतर्फ प्रत्यक्ष बिक्री (Direct selling) मा कम्पनी र कम्पनीको बिक्रीकक्षबाट सिधा उत्पादन बस्तुहरु उपभोक्ताको हातमा जान्छ । कम्पनीको उत्पादनहरु उच्चकोटीको हुने एवम  उपभोक्ताले उपभोग गरेर उत्पादनबाट आफू सन्तुष्ट भएपछि अन्य ब्यक्तिहरुलाई सिफारिस गरिन्छ । त्यसरी सिफारिस गर्दा त्यहाँबाट हुने ब्यापार एवं मुनाफाको निश्चित हिस्सा सिफारिस कर्ताले पाउदछन् । यसरी सिफारिसबाट नै यो ब्यापार समाजको सबै बर्गसम्म  पुग्ने हुँदा अन्य हुनै महंगो मिडियामा बिज्ञापन खर्च गर्नु पर्दैन, जसको फाईदा उपभोक्ता र सिफारिस कर्ता दुबै पक्षलाई हुनजान्छ । हामी कुनैपनि राम्रो कुरालाई स्वत: अरुलाई सिफारिस गर्छौं नै । यही काम प्रत्यक्ष बिक्री Direct Selling मा गर्दा आम्दानी पनि हुने र आफुमा ब्याक्तित्व विकास पनि हुने गर्दछ । Direct Selling Business झन्डै १०० बर्ष पुरानो यो प्रणाली करीब १७० वटा मुलुकहरुमा ब्यवस्थित ढंगले चलेको देखिन्छ । भनिन्छ, अमेरीका जस्तो बिकसित मुलुकमा हरेक साल ५०० जना माथि नयाँ करोडपति हुन्छन् जसको योगदान प्रत्यक्ष बिक्रीले गरेको रहेछ । प्रायः हरेक पुजिपतीहरुको आम्दानिको श्रोत भनेको नै Direct Selling रहेको देखिन्छ ।

नेपालमा पनि सरकारले यो कुरा बुझेर बल्ल यसलाई नियमन गर्ने कानुन बनाई यो आधुनिक ब्यापारलाई अब भने बैधानिक बनाएको छ । एउटा तथ्यांक अनुसार स्वदेशमा होस या बिदेशमा रहेर, नेपालका दाजुभाई  क़रीब ७ लाख देखि १२ लाख माथी यो प्रणालीमा आबद्ध रहेको भन्ने बुझिन्छ र यसको आकर्षण अझै दिन दुगुन/रात चार गुणाले बड्दैछ । सरकारले लिएको जो नारा छ "समृद्ध नेपाल, सुखी नेपाली" यो नारालाई पुरा गर्न ज्यादा भन्दा ज्यादा रोजगार सिर्जना गर्न जरुरी छ । अबको दिनमा साचिकै प्रत्यक्ष बिक्री प्रणालीले पुरा गर्ने कुरामा आशावादी बन्न सकिन्छ । मुनाफाको निश्चित भाग स्वंय सिफारिस कर्ताले पाउने एवं यसमा आबद्ध हुन कुनै निश्चित उमेर, योग्यता, अनुभव र ठुलो पुंजी नचाहिने हुंदा यसको आकर्षण दिनानुदिन बढ्ने क्रममा देखिन्छ। यसरी मुनाफा बाडिने हुँदा यसलाई ख्यातिप्राप्त अर्थशास्त्रीहरुले ब्यावशाय भित्रको समाजबाद भनेर सम्मान दिएको पाईन्छ । पछिल्लो समय सरकारले यसको सकारात्मक पक्ष बुझेर, कानुन निर्माण गरेर, यसलाई ब्यवस्थित गरेर लाखौं जनताको मन जीतेको छ । सरकारको यो कदम:- सही समय र सही प्रयोजनले आएको छ । देशमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको अवस्थामा यसले ठुलो मात्रमा स्वरोजगार थप्ने निश्चित छ । एवं बस्तुको बिक्री प्रणाली एवं बिक्रेताहरुको आम्दानीबाट पनि निश्चित रकम पारदर्शी रुपमा करबाट राष्ट्रिय अर्थव्यवस्था पनि मजबुत हुंदै जानेछ । बेरोजगारी को कारण चोरी, डकैती, लुटपाट (गुण्डागर्दी , हत्याहिंसा जस्ता अपराधिक घटनाहरु एवं गरीबीको कारण आत्महत्या जस्ता घटनाहरु पनि स्वत: घट्ने छन् । 

ख्यातिप्राप्त लेखक एवं अर्थशास्त्रीहरु जस्तै: पल जेन पिल्जर, रॉबर्ट टी कियोशाकीहरुले यसलाई २१ औं शताब्दीको आधुनिक ब्यापार भनेर शालिन ढंगले प्रस्तुत गर्दछन् भने यता हाम्रो मिडियाले प्राय: नकारात्मक कुराको फुलबुट्टा भरी प्रचार गरिनु दु:खको विषय हो । यी सबै कुराहरू बुझेर मात्र समाचार तयार गर्नुपर्नेमा जनतालाई गुमराहमा राख्ने काम गरेको जस्तो देखिन्छ । आगामी दिनमा यी कुराहरु ध्यानमा राखेर रिपोर्टिंग गरियोस, एउटा शालिन आग्रह । आजको यो महंगो प्रतिस्पर्धात्मक युगमा आम्दानीका बाटाहरु बनाऊन सकिएन भने बढ्दो मुल्य बृद्दिले सबैको मेरुदन्ड भांच्ने निश्चित छ । शिक्षा, स्वास्थ्य, खाधान्न, लत्ताकपडा, निर्माण सामग्री लगायत सबै जरुरत हुने उपभोग्य बस्तुहरुको मुल्यबृद्दीले साधारण आम्दानीले घरपरिवारको पालन गर्न गार्हो परेको अवस्थालाई प्रत्यक्ष बिक्री प्रणालीले थोरै भएपनि राहत दिने अपेक्षा गर्न सकिन्छ । यो सामाजीक प्रणालीमा गृहिणी, शिक्षक, बिधार्थी, डाक्टर, ईन्जिनियर, वकिल, सेवा निवृत, मजदुर एवं समाजका सबै क्षेत्रका ब्यक्तिहरुको जमघट हुने हुँदा सबै क्षेत्रको सीप (ज्ञान पनि सित्तैमा सिक्न र सकारात्मक चिन्तन गर्न पाईने हुँदा यसको सुन्दरता अझै बढेर जाने निश्चित छ ।

तसर्थ पूर्वाग्रह छोडेर यसको राम्रो पक्षलाई अनुशरण गरि उचित लाभ लिन जरुरी छ । भबिष्यप्रति सकारात्मक सोच भएका हरेक ब्यक्तिले यसको प्रचार र हिस्सा बन्नु राम्रो कदम हुनेछ । आशा गरौं उधमशिलताले समृद्दि सम्भव छ । त्यो पनि हाम्रै पालामा ।


No comments:

Post a Comment